एकादेशमा एउटा गाउँ थियो । त्यस गाउँमा एउटा किसान बस्थ्यो । किसानका दुईजना छोराहरु नि थिए । किसान जङ्गलमा रुख काटेर बेच्ने गथ्र्यो । रुख काटेर आएको पैसाले आफ्नो परिवार पाल्थ्यो ।
एकदिनको कुरा हो । किसान रुखमा दाउरा काट्दै गर्दा ऊ नजिकैको पोखरीमा खस्यो । पोखरी गहिरो थियो । ऊ बाहिर निस्किन सकेन । उसको मृत्यु भयो । उसको परिवार त्यस ठाउँमा आए । सबै रुन कराउन थाले । आमाले आफ्ना छोराहरुलाई दुःख गरेरै भएपनि पढाइन् । छोराहरु पनि आफ्नी आमाको दुःख बुझेर मिहिनेत गर्दै गए ।
सरकारले उनीहरुको पढाइ खर्च सबै तिरिदिने भयो । आफ्नो पढाइ सकाएपछि एउटा छोरो डाक्टर भयो । त्यस्तै अर्को छोरो चाहिँ इन्जिनियर बन्यो । त्यसपछि उनीहरुको जीवन सुखसँग बित्न थाल्यो ।
