Home कला नेपाल

नेपाल

चिराग डङ्गोल कक्षा: ८, नवोदय शिशु सदन

नेपाल देश सबैको प्यारो भनेर चिन्दछन्
पवर्त पाखा हिमाल सबै सुन्दर देखिन्छन्

पूर्वमा मेची पश्चिमतिर बग्दछ चाँदनी
उत्तरतिर हिमाल हेरी नेपाली रम्दछ

दक्षिणतिर तराइ फाँट मधेसी किसान
उब्जाई अन्न जीवन दिने उनको चाहना

विभिन्न जात पोशाक हाम्रो विश्वमा फरक
संस्कार हाम्रो संस्कृति पनि अतिनै अलग

कसरी बिर्सूँ पुर्खाको त्याग हामीले सम्झन्छौँ
सम्मान साथै आदर गरी मनमा राख्दछौँ ।

Exit mobile version