Home कला प्रथम राष्ट्रिय बालसाहित्य उत्सवमा ८ जना स्रष्टालाई सम्मान

प्रथम राष्ट्रिय बालसाहित्य उत्सवमा ८ जना स्रष्टालाई सम्मान

लोकनाथ न्यौपाने स्मृति अग्रज बालसाहित्यकार सम्मान–२०७९ बाट प्रमोद प्रधानलाई सम्मान गरिँदै ।

हेटौंडाः प्रथम राष्ट्रिय बालसाहित्यमा ८ जना स्रष्टालाई सम्मान गरिएको छ । नवसर्जक साहित्य चौतारी नेपालले शनिबार हेटौंडामा आयोजना गरेको प्रथम राष्ट्रिय बालसाहित्य उत्सवको अवसरमा ८ जना स्रष्टालाई सम्मान गरिएको हो ।

लोकनाथ न्यौपाने स्मृति अग्रज बालसाहित्यकार सम्मान–२०७९ बाट प्रमोद प्रधानलाई १५ हजार ५ सय ५५ रुपैयाँ राशीसहित सम्मान गरिएको छ । प्रदेश–१ नवसर्जक सम्मान–२०७९ बाट अन्वेषा चापागाई, मधेस प्रदेश नवसर्जक सम्मान–२०७९ बाट अभिजित राम, बागमती प्रदेश नवसर्जक सम्मान–२०७९ बाट अनुज्ञा नेपाल, गण्डकी प्रदेश नवसर्जक सम्मान–२०७९ बाट अनुराग सापकोटा, लुम्बनी प्रदेश नवसर्जक सम्मान–२०७९ बाट पवन अधिकारी, कर्णाली प्रदेश नवसर्जक सम्मान–२०७९ बाट नवीन पाण्डे, सुुदुरपश्चिम प्रदेश नवसर्जक सम्मान–२०७९ बाट ऋष्टिना करिया प्रधान थारुलाई सम्मान गरिएको छ । अन्वेषा, अभिजित, अनुज्ञा, अनुराग, पवन, नवीन र ऋष्टिनालाई जनही ७ हजार ७ सय ७७ रुपैयाँ राशीसहित सम्मान गरिएको हो ।

नवसर्जक साहित्य चौतारी नेपालकी अध्यक्ष प्रशन्ना चौलागाइँको सभाध्यक्ष तथा नेपाल प्रज्ञा प्रतिष्ठानका बालसाहित्य तथा लोकवार्ता विभाग प्रमूख प्राज्ञ डा. देवी नेपालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । पुरस्कार संस्थापक तथा सल्लाहकारहरु रमेशमोहन अधिकारी, विष्णुप्रसाद न्यौपाने, डिबी बर्तौला, पत्रकार सुरेश श्रेष्ठ, अर्चना दाहाल जयन्ती आचार्य, ओमकुमारी बन्जारा रानाभाट रुबिना शर्मा, प्रभा पौडेल, पुस्कल नेपाल, सञ्जय साह, जागेश्वर नेपाल, अजमत अली अन्सारीको निर्णयबाट उक्त सम्मानबाट स्रष्टाहरुलाई सम्मान गरेका हुन् ।

नवसर्जक साहित्य चौतारी स्थापनाको प्रथम वार्षिकोत्सवको अवसरमा गत पुसमा आयोजना गर्ने योजना बनाइएको कार्यक्रम कोभिडको दोस्रो लहरसँगै स्थगित गरिएको थियो । हेटौंडा स्कुल अफ म्यानेजमेन्टले एक लाख रुपैयाँ सहयोगसँगै मुख्य प्रायोजक रहेको थियो । यस्तै सहकार्यका रुपमा प्याब्सन मकवानपुर र हेटौँडा नगर समितिले ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

Exit mobile version