Home मुख्य समाचार “सुरुङ मार्गको अध्ययनमा मात्रै समय खर्चने हो ?”: पौडेल

“सुरुङ मार्गको अध्ययनमा मात्रै समय खर्चने हो ?”: पौडेल

फाईल तस्वीर ।

हेटौंडाः बागमती सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सुरुङ मार्ग अध्ययन गर्ने भनेर ल्याईएको कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै प्रदेश सभा सदस्य तथा प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले अध्ययनमा मात्रै समय खर्चने हो ? भन्दै प्रश्न गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “हामीले अध्ययन गरेका थियौं । हामीसँग प्रतिवेदन पनि छ । अब फेरी के को अध्ययन ? पटक–पटक एउटै सुरुङ मार्गको अध्ययन गर्ने कि काम पनि गर्ने ? अध्ययन गर्दै समय बिताउने हो ?” उहाँका अनुसार प्रदेश सरकारले ३० अर्ब बजेट खर्च गर्न सकेको छैन । प्रदेश सरकारले सुरुङ मार्ग बनाउन सक्छ, सक्नु पर्छ भन्दै उहाँले परम्परागत रुपमा ५ लाखको योजना बाढ्न राक्नु पर्ने धारणा राख्नुभयो । परिणाम नआउने क्षेत्रमा प्रदेश सरकारले बजेट खर्च गर्न नहुने धारणा राख्नुभयो ।

Exit mobile version