हेटौंडाः बागमती प्रदेशले बालबालिकाको शैक्षिक विकासको लागि नमुना बाल विकास केन्द्र संचालन गर्ने भएको छ । प्रदेश भित्रका सबै जिल्लामा नमुना बाल विकास केन्द्र संचालन गर्ने प्रदेश प्रमुख यादबचन्द्र शर्माले जानकारी दिनुभएको छ ।
बालबालिकाको सर्वाङ्गिण विकासको थलोको रुपमा रहेको बालविकास केन्द्रलाई स्थानीय तहको सहकार्यमा नमूना केन्द्रको रुपमा स्तरोन्नति गर्ने उहाँले बताउनुभयो । सोमबार प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै शर्माले लोपोन्मुख र अतिसिमान्तकृत समुदायका बालबािलकालाई विद्यालय शिक्षामा पहुँच अभिवृद्धि गर्न प्रोत्साहन गर्ने बताउनुभयो ।
यस्तै, स्थानीय तहको सहकार्यमा विद्यालयमा पूर्व प्राथमिक तहको कक्षा सिकाईलाई प्रभावकारी बनाउन भौतिक संरचना सुधार र आधुनिक पाठ्य सामाग्री तयार गर्ने उहाँले जानकारी दिनुभयो ।
