Home शिक्षा प्रवेश परीक्षा सकियो

प्रवेश परीक्षा सकियो

हेटौंडाः हेटौंडा ४ स्थित भुटनदेवी माविमा शुक्रबार प्रवेश परीक्षा सकिएको छ । नयाँ शैक्षिक सत्रको भर्ना अभियान अन्तर्गत नयाँ विद्यार्थी भर्नाका लागी प्रवेश परीक्षाको आयोजना गरिएको हो । आज अन्तिम परिक्षा सकिएको छ ।

आजको परीक्षामा १ हजार ३ जना विद्यार्थीले परीक्षामा सहभागी थिए । कक्षा ४, ५, ६, ७, ८, ९ को अङग्रेजी र नेपाली माध्यम तर्फ ९ सय ५३ जना तथा कक्षा ९ मा सिभिल इन्जिनियरिङ तर्फ ५० जना सहभागी भएको विद्यालयका सह प्रभानाध्यापक भरत अर्यालले जानकारी दिनुभयो । प्रवेश परीक्षामा सहभागी भएका कुल सहभागी मध्य २ सय जना सहभागी मात्र विद्यालयमा प्रवेश गर्नेछन् । परीक्षामा गणित, विज्ञान, अङग्रेजी र नेपाली विषयको १०० वटा प्रश्न सोधिएको थियो । कुल संख्यामा २०० सम्मको तहमा आउने विद्यार्थी विद्यालयमा भर्ना हुने सह प्रधानाध्यापक अर्यालले बताउनुभयो । विद्यालयमा शैक्षिक सत्र २०७९ जेठ ९ गतेदेखि सुरु भएको हो । आज विद्यालय बन्द गरेर प्रवेश परीक्षा आयोजना गरिएको उहाँले बताउनुभयो ।

Exit mobile version