हेटौंडाः राष्ट्रिय प्रजातन्त्रपार्टीका कार्यकर्ताहरुले मूल्यवृद्धि बिरुद्ध जिल्ला प्रसाशन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई आज ज्ञापन पत्र बुझाएका छन् । राप्रपाले अस्वभाविक रुपमा भईरहेको मूल्यवृद्धि कम गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।
मूल्यवृद्धि बिरुद्ध सिमाचोक हुँदै जिल्ला प्रशासन कार्यालयसम्म बिरोध र्याली गरेका थिए । र्यालीमा मूल्यवृद्धि फिर्ता गर, जनता मार्न पाईदैन, भ्रष्ट सरकार राजीनामा दे, गठबन्धन सरकार मुर्दावाद, न भ्रष्टाचारीलाई जेल भो न बलत्कारीलाई जेल भो, हे सरकार तेरो गणतन्त्र फेलभयो भो भन्दै नारा लगाएका थिए । ज्ञापन पत्र हस्तान्तरण कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला सचिव विजय सिंह ठकुरी, बागमती प्रदेश कमिटी सदस्य ध्रुव सञ्जेल, राप्रपाका वरिष्ठ उपाध्यक्ष सागर थापा, कविन राज भट्टराई र राप्रपा युवा भातृ संगठनका अध्यक्ष विकास भोम्जनको उपस्थिति रहेको थियो ।
