हेटौंडाः राक्सीराङ गाउँपालिकाको कार्यपालिका सदस्य निर्वाचनका लागि आज बुधबार मतदाताको नामावली प्रकाशन भएको छ । बिहीबार १ बजेबाट उम्मेदवारी दर्ता हुने राक्सीराङका निर्वाचन अधिकृत गोपाल प्रसाद कँडेलले जानकारी दिनुभयो ।
कँडेलका अनुसार उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुलाई १३ गते निर्वाचन चिन्ह प्रदान गरिने र १५ गते मतदान हुने भएको छ । मतदान बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म हुनेछ । निर्वाचनबाट ६ जना कार्यपालिका सदस्य निर्वाचित हुने छन् । नवनिर्वाचित जनप्रतिनिधिबाट ४ जना महिला सदस्य र दलित वा अल्संख्यकबाट २ जना कार्यपालिका सदस्यमा निर्वाचित हुने कँडेलले बताउनुभयो । नवनिर्वाचित पालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्य गरी ४७ जनाले मतदान गर्नेछन् ।
