Home मुख्य समाचार जेठ १३ गते बजेट अधिवेशन आव्हान गर्न सिफारिस

जेठ १३ गते बजेट अधिवेशन आव्हान गर्न सिफारिस

हेटौंडाः बागमति प्रदेशको शुक्रबार बिहान बसेको मन्त्री परिषद्को बैठकले बजेट अधिबेशन गर्न सिफारिस गरेको छ । मन्त्री परिषद्को बैठकले जेठ १३ गते बजेट अधिवेशन आव्हान गर्न प्रदेश प्रमुख यादब शर्मा समक्ष सिफारिस गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालका अनुसार वर्षे अधिवेशनले नीति तथा कार्यक्रम निर्माण गर्ने, आवश्यक छलफल गरी प्रदेशको लागि बजेट तयार गर्छ । उहाँले भन्नुभयो, “आगामी आर्थिक वर्षको प्राथमिकताको विषयहरु छनौट गर्छौ । सिद्धान्त पास गर्छौ । त्यसकै आधारमा हामी नयाँ आर्थिक वर्षको लागि बजेट ल्याउछौ ।” मन्त्री परिषद्को बैठकले वर्षे अधिवेशनको लागि मिति तोकेर प्रदेश प्रमुख यादब शर्मा समक्ष सिफारिस गरेको भन्दै उहाँले अब अधिवेशन प्रदेश प्रमुखले बोलाउनु हुने जानकारी दिनुभयो ।

यस्तै, बैठकले नसर्ने रोगका बिरामीहरुलाई उपलब्ध गराउँदै आएको ५० हजार रुपैयाँको सन्दर्भमा कार्यविधि पास गरेको छ । सरकारले यसअघि नै हृदयघात, मष्तिस्कघात, मुटु, दम, मधुमेह, फिस्टुला, क्यान्सरलगायत विभिन्न नसर्ने रोग लागेका बिरामीहरुलाई उपचारको लागि ५० हजार रुपैयाँ दिने निर्णय गरेको थियो । तर, यो कार्यक्रम टाठाबाठाले मात्र पाएको भन्दै मन्त्री खनालले आगामी दिनमा कार्यविधि अनुसार कार्यक्रम संचालन हुने जानकारी दिनुभयो । उहाँका अनुसार संघीय सरकारले नसर्ने रोगका बिरामीहरुका लागि उपचार स्वरुप एक लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

Exit mobile version