Home मुख्य समाचार हेटौंडा उपमहानगरपालिकाबाट मेयर महतलाई बिदाई

हेटौंडा उपमहानगरपालिकाबाट मेयर महतलाई बिदाई

मेयर महतको बिदाई कार्यक्रम

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतलाई आज बिहीबार एक कार्यक्रमका बीच बिदाई गरिएको छ । बिदाई कार्यक्रममा २०७४ सालको स्थानीय तहको निर्वाचनबाट मेयर बनेका महतले उपमहानगरपालिकामा कार्यरत सबै कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

कार्यक्रममा ५ वर्षे कार्यकालमा उल्लेखनीय कार्य गर्न कर्मचारीहरुको ठुलो हात रहेको बताउनुहुँदै उहाँले सबै कर्मचारीलाई धन्यवाद दिनुभएको हो । मेयर महतले आफ्नो कार्यकालमा हेटौंडा उपमहानगरपालिकालाई देशकै नमुना उपमहानगर बनाउन सफल भएको र त्यसमा सबै कर्मचारीकै महत्वपुर्ण भुमिका रहेको बताउनुभयो । आफुले कर्मचारीको मनको कुरालाई राम्ररी बुझेर उत्कृष्ट कार्य गर्न र गराउन सफल भएको र अब आउने जनप्रतिनिधि पनि त्यस्तै आउनुपर्ने महतको भनाई छ । आफु अहिले पदबाट बिदाई मात्र भएको भन्दै उहाँले सामाजिक क्षेत्रको विकासमा सदैब तत्पर रहेको बताउनुभयो । यस्तै, हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव नारायण चौलागाईँले मेयर महतको कार्यकालमा कर्मचारी परिचालन राम्ररी भएको बताउनुभयो । सबै कर्मचारीबाट सेवा सुविधा राम्ररी प्रवाह गर्न सफल भएको उहाँले बताउनुभयो ।

Exit mobile version