Home मुख्य समाचार हेटौंडा–१६ मा कोइराला भारी मतले विजयी

हेटौंडा–१६ मा कोइराला भारी मतले विजयी

रामकृष्ण कोइराला

हेटौंडाः हेटौंडा–१६ को वडा अध्यक्षमा नेपाली कांग्रेसका रामकृष्ण कोइराला भारी मतान्तरले विजयी भएका छन् । कांग्रेस दोस्रो कार्यकालका लागि विजयी भएका हुन् ।

बुधबार दिउँसो सम्पन्न मतगणनाअनुसार कोइराला २ हजार ४ सय ३८ मतसहित विजयी हुँदा नेकपा एमालेका बसन्तप्रसाद लामिछानेले १ हजार ९० मत पाए । वडा सदस्यमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका छन् । वडा सदस्यमा कमला धिमाल, संगीता बिश्वकर्मा, गुरुप्रसाद ढकाल र राजनप्रसाद ढकाल विजयी भएका हुन् ।

Exit mobile version