Home मुख्य समाचार बागमती–६ को वडाध्यक्षमा टेक बहादुर डिमडुङ विजयी

बागमती–६ को वडाध्यक्षमा टेक बहादुर डिमडुङ विजयी

वडा अध्यक्षसहितको टोली विजयोत्सव मनाउँदै ।

हेटौंडाः मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ६ को वडाध्यक्षमा टेक बहादुर डिमडुङ विजयी हुनुभएको छ । डिमडुङ ७ सय ७ मत प्राप्त गरी वडाध्यक्षमा विजयी हुनुभएको हो ।

अर्का अध्यक्षका प्रत्यासी नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार छेवाङ स्याङ्तानले ६ सय ७५ मत प्राप्त गर्नुभयो । डिमडुङ वडाध्यक्षमा विजयी हुनुभएसँगै बागमतीमा नेकपा एमालले पहिलो पटक खाता खोलेको छ । यस अघि वडा १ देखि ५ सम्म लगातार माओवादी केन्द्रका तर्फबाट उम्मेदवारहरु वडाध्यक्षमा निर्वाचित भएका छन् । अहिले ७ नम्बर वडाको मत गणना भईरहेको बागमती निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Exit mobile version