मकवानपुर गढीमा गाउँपालिकाको अध्यक्षमा विजयी दोर्जे लामा स्याङ्तान र उपाध्यक्ष मान कुमारी पाख्रीन

हेटौंडाः मकवानपुरको मकवानपुर गढीमा गाउँपालिकाको अध्यक्षमा दोर्जे लामा स्याङ्तान विजयी हुनु भएको छ । गाउँपालिकामा १३ हजार ९ सय ५३ मत खसेकोमा अध्यक्षमा लामाले ६ हजार ७ सय ६ मत प्राप्त गरी विजयी हुनु भएको हो ।

अर्का अध्यक्षका प्रत्यासी नेकपा एमालेका बिदुर हुँमागाईले ५ हजार ६ सय ४५ र राप्रपाका विजय सिं ठकुरीले १ सय ५० मत प्राप्त गरेका छन् । यस्तै, गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी मानकुमारी पाख्रीन (नेपाली) ६ हजार १ सय १० मतसहित निर्वाचित हुनुभएको छ । अर्का प्रतिस्पर्धी नेकपा एमालेका सञ्जु थिङले ५ हजार २ सय ४ मत प्राप्त गर्नुभएको छ ।

गाउँपालिकाको अध्यक्षसहित गढीको ६ वटा वडा १, २, ५, ६, ७ र ८ मा काँग्रेस विजयी भएको छ । यस्तै, वडा १ मा नेपाली काँग्रेसका आइत सिं लोले ७ सय ९३ मत प्राप्त गरेका छन्, वडा २ मा नेपाली काँग्रेसका खान सिं पाख्रीनले ११ सय ७१ मत प्राप्त गरेका छन्, वडा ३ मा नेकपा एमालेका भागवत घिमिरेले ९ सय ४३ मत प्राप्त गरी दोस्रो कार्यकालको लागी निर्वाचित हुनुभएको छ ।

वडा ४ मा नेकपा एमालेका अर्जुन प्रसाद तिमल्सीनाले ६ सय ३४ मत प्राप्त गरेका छन्, वडा ५ मा नेपाली काँग्रेसका दिपेस दाहालले ११ सय ९६ मत प्राप्त गर्का हुन्, वडा ६ मा नेपाली काँग्रेसका कृष्ण प्रसाद बजगाईले ८ सय ५१ मत प्राप्त गरेका हुन्, वडा ७ मा नेपाली काँग्रेसका सूर्य बहादुर रुम्बाले ६ सय ७६ मत प्राप्ता गरेका हुन् र वडा ८ मा नेपाली काँग्रसका कुमार सिं घिसिङले ४ सय ४८ मत प्राप्त गरि वडा अध्यक्षमा विजयी भएका छन् ।