हेटौंडाः मकवानपुरकोे राक्सीराङ गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजकुमार मल्ल विजयी हुनु भएको छ । मंगलबार सार्वजनिक मत परिणाम अनुसार ५ हजार ४ सय ८१ मतसहित मल्ल दोस्रो कार्यकालका लागि विजयी हुनु भएको हो ।

गाउँपालिकाको अध्यक्षका अर्का प्रत्यासी एमालेका बाबुलाल स्याङ्तानले ४ हजार ५ सय ७२ मत प्राप्त गर्नुभएको छ । यस्तै, उपाध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार बनस्तम थिङ ४ हजार ८ सय ३९ मतसहित विजयी हुनु भएको छ । उपाध्यक्षका अर्का आकांक्षी नेकपा एमालेकी सुन्तली माया चेपाङले ४ हजार १ सय २९ मत प्राप्त गर्नुभएको छ ।