हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार विष्णु गोपाल महर्जन वडाध्यक्षमा विजयी हुनुभएको छ । सोमबार दिउँसो सार्वजनिक मतपरिणाम अनुसार १ हजार २ सय ५८ मतसहित महर्जन वडाध्यक्षमा विजयी हुनुभएको हो ।
महर्जनले अध्यक्षका प्रत्यासी नेकपा एमालेका हरि राउतलाई पराजित गर्नुभएको छ । राउतले ८ सय ६४ मत प्राप्त गर्नुभयो । वडाध्यक्षमा महर्जनसँगै खुला वडा सदस्यमा नेपाली कांग्रेसबाट सुरज बर्तौला (१२२६), नेकपा माओवादी केन्द्रबाट ईन्द्रप्रसाद रिजाल (११७३), महिला सदस्यमा नेकपा एकीकृत समाजवादीबाट तारा ढुंगाना (१३६२) र दलित महिलातर्फ नेपाली कांग्रेसबाट मैया परियार (१२५५) निर्वाचित हुनुभएको छ । सबै उम्मेदवार चुनाव चिन्ह रुखबाट लडेका थिए ।
यस्तै नेपाली कांग्रेसका बागी उम्मेदवार सुदीप राजवाहकले ३ सय १ मत पाउनुभयो । २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट वडा सदस्यमा सुदीप राजवाहक मात्रै निर्वाचित हुनुभएको थियो । यसपटक भने सत्ता गठबन्धनले सिंगो वडाकै नतीजा आफ्नो पक्षमा पारेको छ ।
