Home मुख्य समाचार कैलाशमा गठबन्धनका उम्मेदवार मुक्तान र मल्ल विजयी

कैलाशमा गठबन्धनका उम्मेदवार मुक्तान र मल्ल विजयी

लोक बहादुर मुक्तान (बायाँ), बालकुमार मल्ल (दायाँ) ।

हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिकाको अध्यक्षमा लोकबहादुर मुक्तान र उपाध्यक्षमा बालकुमार मल्ल निर्वाचित भएका छन् । सोमबार बिहान सार्वजनिक मतपरिणाम अनुसार अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार लोकबहादुर मुक्तान र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट बालकुमार मल्ल विजयी भएका हुन् ।

अध्यक्षमा विजयी मुक्तानले ४ हजार ८ सय ९७ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार नरेन्द्रलाल रिजालले ४ हजार ९३ मत पाए । यस्तै उपाध्यक्षमा विजयी मल्लले ४ हजार ८८ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी सुकुमाया थिङले ३ हजार ९ सय ३७ मत पाइन् । २०७४ सालको निर्वाचनमा कैलाश गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष पदमा जीत हासिल गरेको थियो ।

यसअघि मकवानपुरका दुईवटा पालिकाको नतीजा सार्वजनिक भइसकेको छ । सवैभन्दा पहिले मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार देवकृष्ण पुडासैनी र उमा लामा अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका थिए । यस्तै भीमफेदी गाउँपालिकामा नेकपा एमालेका हिदम लामा र नेपाली कांग्रेसका सन्जीव श्रेष्ठ अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका छन् ।

Exit mobile version