गुगल तस्विर ।

हेटौंडाः पुर्वी मकवानपुरको बकैया गाउँपालिका एक पुरुषको शव फेला परेको छ । बुधबार बकैया गाउँपालिका वडा नंबर २ कैलेनीमा अन्दाजी ४० वर्षिय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनएको छ ।

खोला नजिकै शवदेखि स्थानियले प्रहरीलाई खबर गरेका थिए । मृतकको पहिचान भने नखुलेको प्रहरीले जनाएको छ । मृतको शव हेटौंडा अस्पतालमा राखि अनुसन्धान भई रहेको प्रहरी नायव उपरिक्षक टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।