Home मुख्य समाचार निर्मल माविको भवन हस्तान्तरण

निर्मल माविको भवन हस्तान्तरण

हेटौंडाः हेटौंडा १९ बस्तिपुर स्थित निर्मल माविको नव निर्मित भवन मंगलबार हस्तान्तरण गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दिनानाथ गौतमको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष अमृत ओलीको सभाध्यक्षतामा भवन हस्तान्तरण गरिएको हो ।

जापनिज सरकारको प्राविधिक तथा आर्थिक सहयोगमा १८ कोठे भवन निर्माण भएको निर्मल माविका प्रधानाध्यापक प्रवोध विडारीले जानकारी दिनुभयो । भवन ६ करोड ९ लाख रुपैयाँमा निर्माण भएको उहाँले बताउनुभयो । भवनमा कक्षाकोठा, कम्प्युटर प्रयोगशाला, विज्ञान प्रयोगशाला, पुस्तकालय रहेको उहाँले बताउनुभयो । हाल विद्यालयमा १ हजार ६ सय ४५ जना विद्यार्थी अध्ययनरत रहेका छन् । भवन १४ महिनामा निर्माण सम्पन्न भएको प्राधानाध्यापक विडारीले जानकारी दिनुभयो ।

Exit mobile version