Home मुख्य समाचार राक्सिराङमा कक्षा ८ को नतिजा सार्वजनिक

राक्सिराङमा कक्षा ८ को नतिजा सार्वजनिक

राक्सिराङ गाउँपालिकाको श्री आधारभूत विद्यालयमा सञ्चालित परीक्षाको निरीक्षण गर्नुहुँदै गाउँपालिका अध्यक्ष राजकुमार मल्ल ।

हेटैंडाः मकवानपुरको राक्सिराङ गाउँपालिकामा शैक्षिक सत्र २०७८ को कक्षा ८ को नतिजा सार्वजनिक भएको छ । गाउँपालिकाको परीक्षा सञ्चालन समितीको आजको निर्णय अनुसार नतिजा सार्वजनिक भएको हो ।

परीक्षाको लागि ३ सय ६५ जनाले फारम भरेकामध्ये ३ सय ६१ जना परीक्षामा सहभागी भएका थिए । परीक्षामा ४ जना अनुपस्थित भएको राक्सिराङ गाउँपालिका शिक्षा विकास महशाखाका प्राविधिक सहायक पासाङ लामाले बताउनुभयो । परीक्षामा सहभागी मध्ये ५ जना ए ग्रेड सहित उत्तिर्ण भएका छन् । यस्तै बि प्लस ग्रेडसहित ४ जना, बि ग्रेडसहित ६७ जना, सिप्लस ग्रेडसहित एकसय ९५ जना, डि ग्रेड सहित ३७ उत्तिर्ण भएका छन् । ४६ जना ग्रेडमा समावेश भएका छैनन् । २ ओटा विषयसम्म उत्तीर्ण नभएका विद्यार्थीले फेरी परीक्षा दिन पाउने छन् । त्यस्तै अरु ग्रेडमा समावेश नभएका विद्यार्थीले अर्काे शैक्षिक सत्रको वार्षिक परीक्षामा समावेश हुन पाउने लामाले बताउनुभयो । गाउँपालिकामा ५२ सरकारी तथा २ वटा निजी विद्यालय रहेका छन् ।

Exit mobile version