हेटौंडाः ईद उल फित्र पर्व हेटौंडामा पनि भव्य रुपमा मनाईएको छ । हेटौंडामा रहेको जामे मस्जिदमा सामुहिक नमाज पढेर एक आपसमा अंकमाल गर्दै शुभकामना आदानप्रदान गरी ईद मनाईएको छ ।
मकवानपुर आसपास रहेका मुस्लिम समुदायका परिवारहरु जामे मस्जिद हेटौंडामा भेला भएर ईद पर्व मनाउँछन् । बकर ईद मुस्लिम समुदायको मुख्य चाड हो । ईदमा मुस्लिम समुदायले नमाज पढेपछि मिठा परिकार पकाएर खान्छन् । ईदको अवसरमा मुस्लिम समुदायमा जायज मानिएका पशुको बलि चढाउने पनि प्रचलन रहेको छ । हेटौंडामा रहेको जामे मस्जिद मकवानपुर जिल्लाको ठूलो मस्जिद हो ।