Home मुख्य समाचार आज उम्मेदवारको नामावली सार्वजनिक गर्ने

आज उम्मेदवारको नामावली सार्वजनिक गर्ने

हेटौंडाः निर्वाचन आयोगको निर्वाचन तालिका अनुसार आज बिहीबार उम्मेदवारको नामावली सार्वजनिक हुँदैछ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मनोनयन दर्ता गराएका उम्मेदवारहरुको नामावली सार्वजनिक हुने भएको हो ।

उम्मेदवारले बैशाख ११ र १२ गते निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरेका थिए । यस्तै, निर्वाचन आयोगले बुधबार उम्मेदवार बिरुद्ध उजुरी गर्ने कार्यक्रम तय गरेको थियो । बुधबार र बिहीबार मनोनयन पत्र जाँच गर्ने र उजुरीउपर जाँचबुझ गरी निर्णय लिने कार्यक्रम तय गरेको थियो । सोही कार्यक्रम अनुसार बिहीबार साँझसम्म प्राप्त उजुरीको जाँच बुझ गरी निर्णय लिने मुख्य निर्वाचनको कार्यालय हेटौंडाले जनाएको छ । मकवानपुरमा ३ वटा स्थानीय तहका ६ जना उम्मेदवारको बिरुद्धमा उजुरी परेको छ । यस्तै, आज बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले मनोनयन दर्ता भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने भएको छ ।

मकवानपुरमा २ हजार ३५ जनाको उम्मेदवारी दर्ता भएको थियो । जिल्लामा २ लाख ७२ हजार ४ सय ६२ जना कुल मतदाता रहेको छ । जसमा महिला एक लाख ३४ हजार ५ सय ५२ र पुरुष १ लाख ३७ हजार ९ सय ४ जना र अन्य ६ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

Exit mobile version