हेटौंडाः नेपाल घरबहाल उपभोक्ता संघ मकवानपुरले घरभाडामा लिई बसोबास गर्दै आएका सर्वसाधारण र व्यवसाय गर्दै आएका व्यवसायीको घरभाडामा ५० प्रतिशत छुटको घोषणा गर्न आव्हान गरेको छ । संघका अध्यक्ष नवराज न्यौपानेले आज एक विज्ञप्ति जारी गर्नुहुँदै कोरोना भाइरसको संक्रमणको जोखिमलाई ध्यान दिई सरकारले लक डाउनको घोषणा गरेसँगै आम सर्वसाधारणले आम्दानी गर्ने अवस्था नरहेको तथा व्यवसायीले पनि व्यवसाय गर्ने अवस्था नरहेकोले घरभाडामा छुट दिएर केही राहत महसुस गराउन संघले आव्हान गरेको हो । संघले बैंक, सहकारी तथा वित्तीय संस्थाहरुलाई व्यवसायी, सर्वसाधारणले लिएका ऋणको किस्ताको भाका सार्न र व्याजमा छुट दिन पनि आग्रह गरेको छ ।