हेटौंडाः नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकाको मेयर, उपमेयर, वडा अध्यक्ष र वडा सदस्यको उम्मेदवारी एकसाथ गराएको छ । सोमबार हेटौंडा–५ स्थित पार्टी कार्यालयबाट बाजागाजासहित र्याली निकालेर हेटौंडा–२ स्थित निर्वाचन कार्यालय पुगेको थियो ।

नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिकाको मेयरमा अनन्तप्रसाद पौडेल, उपमेयरमा सुमित्रा काफ्लेले उम्मेदवारी दर्ता गराउनुभएको छ । सत्तारुढ गठबन्धन दलमा किचलो भइरहँदा एमालेले भने एकसाथ उम्मेदवारी दर्ता गराएको छ ।