Home मुख्य समाचार गठबन्धनबाट हेटौंडाको मेयरमा मीना लामा

गठबन्धनबाट हेटौंडाको मेयरमा मीना लामा

हेटौंडाः सत्तारुढ गठबन्धनबाट हेटौंडा उपमहानगरपालिकाको मेयर पदको लागि टिकट नेकपा एकीकृत समाजवादी पार्टीले पाएको छ । नेकपा एकीकृत समाजवादीको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयरमा मीना कुमारी लामा उम्मेदवार हुने निर्णय गरेको छ । आज

शनिबार एकीकृत समाजवादी पार्टीकोे महानगर र उपमहानगरको उम्मेदवार टुंगो लगाउन बसेको बैठकले हेटौंडाको मेयरमा लामालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । लामा हेटौंडा उपमहानगरपालिकाको बहालवाला उपमेयर हुनुहुन्थ्यो । एकीकृत समाजवादी पार्टीको हेटौंडा उपमहानगरपालिकाले गत शनिबार बसेको बैठकले हेटौंडाको मेयर पदका लागि मिना लामासहित श्रीधर पोखरेलको नाम सिफारिस गरेको थियो । लामाले हिजो शुक्रबार हेटौंडा उपमहानगरपालिकाको उपमेयर पदबाट राजिनामा दिनुभएको थियो । यसअघि गठबन्धनले हेटौंडाको उपमेयरमा भने नेपाली काँग्रेसलाई टिकट दिने निर्णय गरिसकेको छ ।

Exit mobile version