फाइल तस्विर ।

हेटौंडाः हेटौंडामा बिहीबारबाट आधारभुत तह(कक्षा–८) को परीक्षा सुरु भएको छ । हेटौंडाको नीजि तथा सामुदायिक विद्यालयका ३ हजार ७ सय विद्यार्थीले कक्षा ८ को परीक्षा दिँदैछन् ।

बिहीबार परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुँदैछ । कक्षा ८ को परीक्षा बैशाख १६ गतेसम्म संचालन हुनेछ । हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाका प्रमुख गंगाधर रिमालका अनुसार ४ हजार २६ जना विद्यार्थी भर्ना भएपनि ३ सय २६ जना विद्यार्थीले परीक्षा फारम भरेका छैनन् । परीक्षा सञ्चालनका लागि विद्यालयहरुलाई नै जिम्मेवारी दिएको भन्दै उहाँले शिक्षा विकास महाशाखाबाट परीक्षाको अनुगमन हुने जानकारी दिनुभयो ।

हेटौंडाको सामुदायिक र संस्थागत गरी ८० वटा विद्यालयमा दिउँसो १ बजेबाट परीक्षा सुरु भएको छ । उपमहानगरले एसईईकै परीक्षा केन्द्र अनुसार आधारभुत तहको परीक्षा सञ्चालन गरिने जनाएपनि अभ्यास कम भएकाले होम सेन्टरमा नै परीक्षा संचालन गरेको जनाएको छ ।