तस्वीरः गुगल ।

हेटौंडाः पछिल्लो २४ घण्टामा मकवानपुरमा कोरोना संक्रमण शून्य देखिएको छ । २ जनाको पिसीआर विधिबाट र १ जनाको एन्टिजेन विधिबाट स्वाब परीक्षण गर्दा कसैमा पनि कोरोना संक्रमण नपाइएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार अहिले मकवानपुर जिल्लामा हाल सक्रिय संक्रमित १ जना रहेका छन् । सक्रिय संक्रमित घरमै होम आइसोलेसनमा उपचाररत छन् ।

यस्तै हेटौंडा १० स्थित गोरक्षश्वर स्वाब संकलन केन्द्रमा आज ७ जनाले स्वाब संकलन गराएका छन् । कोरोना भए नभएको थाहा पाउन २ जना महिला र ५ जना पुरुषले स्वाब संकलन गराएका हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभयो । संकलन भएका स्वाब नमुनाहरु कोरोना परिक्षणका लागि हेटौंडा अस्पतालको पीसीआर प्रयोगशालामा पठाइएको उहाँले बताउनुभएको छ ।