हेटौंडाः स्थानीय तह सदस्य निर्वाचन २०७९ मा महिला र दलितको उम्मेदवारीमा धरौटिमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ । यस्तै, उम्मेदवारीमा वडा सदस्यले ५ सय रुपैयाँ, वडा अध्यक्षले एक हजार रुपैयाँ र अध्यक्ष, उपाध्यक्ष, प्रमुख वा उपप्रमुखले १ हजार ५ सय रुपैयाँ धरौटी राख्नु पर्ने निर्वाचन आयोगले जनाएको छ । महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपले विपन्न व्यक्तिको हकमा धरौटीमा ५० प्रतिशत छुट हुने व्यवस्था रहेको छ ।