Home मुख्य समाचार बागमतीका सुकुम्बासीले पाए जग्गाधनी पुर्जा

बागमतीका सुकुम्बासीले पाए जग्गाधनी पुर्जा

हेटौंडाः पुर्वि मकवानपुरको बागमती गाउँपालिकामा भुमिहीन दलित तथा सुकुम्बासी समुदायलाई जग्गाधनी प्रमाण पुर्जा वितरण कार्य सुरु गरिएको छ । आज शुक्रबार एक कार्यक्रमका बीच भुमि सुधार सहकारी तथा गरिब निवारण मन्त्रालयका संघीय मन्त्री शशि श्रेष्ठ र गाउँपालिकाका अध्यक्ष सर्र्केश घलानले दलित तथा सुकुम्बासीलाई पुर्जा वितरण गर्नुभएको हो ।

आज शुक्रबार गाउँपालिकाका ४ नम्बर र ५ नम्बर वडाका तीन जना दलित सुकुम्बासीलाई पुर्जा वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद सापकोटाले जानकारी दिनुभयो । ४ नम्बर वडाका दुई जना र ५ नम्बर वडाका एक जनालाई पुर्जा वितरण गरिएको हो । यस्तै, आज पालिकाका ३१ जना सुकुमवासीका सुचना निस्केको उहाँले बताउनुभयो । बाँकी वडाका वडाहरु अब क्रमशः प्रक्रिया पुरा गरेर पुर्जा वितरण गरिने उहाँले बताउनुभयो । पुर्जा पालिकाका अव्यवस्थित बसोवासी, सुकुम्बासी सबैलाई वितरण गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

Exit mobile version