Home मुख्य समाचार १२ नम्बर वडा अध्यक्षमा राजेश नगरकोटी सर्वसम्मत सिफारिस

१२ नम्बर वडा अध्यक्षमा राजेश नगरकोटी सर्वसम्मत सिफारिस

राजेश नगरकोटी

हेटौंडाः नेकपा एमालेले हेटौंडा–१२ को अध्यक्षको उम्मेदवारको रुपमा राजेश नगरकोटीलाई सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको छ । बिहीबार वडा कमिटीले आयोजना गरेको भेलाबाट नगरकोटीलाई सर्वसम्मत अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

१२ नम्बर वडामा नेकपा एमालेले सिफारिस गरेका उम्मेदवारहरु ।

हेटौंडा–१२ स्थित प्रतिभा आभारभूत विद्यालयको सहायक प्रधानाध्यापकको रुपमा कार्यरत नगरकोटी वडामा सक्रिय युवाको रुपमा परिचित हुनुहुन्छ । नेकपा एमाले हेटौंडा उपमहानगर कमिटीको सदस्य रहनुभएका नगरकोटी नेकपा एमाले सम्वद्ध युवा संघ नेपालको हेटौंडा उपमहानगर कमिटी अध्यक्ष समेत हुनुहुन्छ । पार्टी र युवा संगठनमा देखिएको सक्रियता र वडामा युवा उम्मेदवारको आवश्यकताबारे चर्चा भइरहेका बेला वडाबाट सर्वसम्मत उम्मेदवार हुन पाउँदा उत्साहित भएको नगरकोटीको प्रतिक्रिया छ ।

यस्तै वडा भेलाले खुला सदस्यतर्फ ज्ञानबहादुर श्रेष्ठ र महेश भट्टराई, महिला सदस्यतर्फ रुक्मिणी स्याङ्तान र दलित महिलातर्फ गीता परियारलाई सिफारिस गर्ने निर्णय सर्वसम्मतबाट गरेको छ । ज्ञानबहादुर श्रेष्ठ र रुक्मिणी स्याङ्तान बहालवाला वडा सदस्य हुनुहुन्छ भने अध्यक्षका उम्मेदवार राजेश नगरकोटीसहित वडा सदस्य महेश भट्टराई र गीता परियार नयाँ अनुहार हो ।

Exit mobile version