राप्रपा नेपालका अध्यक्ष कमल थापा । फाइल तस्वीर ।

हेटौंडाः राप्रपा नेपालका अध्यक्ष कमल थापालले आफूले मकवानपुरे जनताको शिर निहुरिने काम नगरेका बताउनुभएको छ । बिहीबार राप्रपा नेपाल मकवानपुर जिल्ला समितिको घोषणा सभामा अध्यक्ष थापाले चार दशकसम्म रजनीतिक केन्द्रमा शिर ठाडो र स्वाभिमानपूर्वक राजनीति गर्न मकवानपुरका जनताले साथ दिएको थापाको भनाइ छ ।

राजनीतिक क्षेत्रमा शक्ति र उर्जाको स्रोत मकवानपुरका जनताहरु रहेको बताउनुहुँदै अध्यक्ष थापाले कुनै गलत काम भ्रष्टाचार, अनैतिक क्रियाकलाप र चरित्रहिन काममा संलग्न नभएको र बाँकी जिवनमा पनि यस्ते क्रियाकलाप नगर्ने बताउनुभयो । यही कारणले गर्दा राष्ट्रिय राजनीतिको केद्रविन्दुमा स्वभिमानपूर्वक र सिर, डाहा बाँच्न सकेकोे उहाँको भनाइ छ ।

पछिल्लो समयमा पार्टी भित्रका साथीहरुलाइ भ्रम परेको जस्तो द्विविधा भएको जस्तो पाएको र केही पार्टीका कार्यकर्ताको मन मष्तिस्कमा तुवाँलोले ढाकेको जस्तो लागेको र यो तुवाँलो धेरैदिन नरहने बताउनुभयो । अहिले कमल थापाले पार्टी फुटाएको भन्ने अन्य जनमानसमा भएको र उहाँले पार्टी नफुटाई आफू एक्लै राप्रपाबाट अलग भएको बताउनुभयो ।

अध्यक्ष थापाले विधान बमोजिम राप्रपाले विभाजन गर्नको निमित्त आवश्यक पर्ने संख्याका केन्दीय सदस्य आफ्नो साथमा भएको बताउनुभयो । गएको महाधिवेशनमा ८० प्रतिशत आफुसँग सम्बन्धित केन्द्रीयले चुनाव जितेको र उहाँले चाहेको भए कानुन बमोजिम दुईओटा बनाउन पाउने बताउनुभयो । केही पार्टी साथीहरुले पार्टी फुटाउन सल्लाह दिएको र आफुले गीता छोएर खाएको कसम नतोडी आफुमात्र पार्टीबाट बाहिरिएको भनाइ रहेकोे छ ।

पार्टी फुटाएको भए आफुलाई आवश्यक सथिहरु र आफुले रगत र पसिना बगाएर बनाएको काठमाडौंको पार्टीको घरमा आफ्नो पनि अंश लाग्ने तर आफुले एउटा कुर्सी पनि नलगेको बताउनुभयो । पार्टीमा विचलन आएपछि आफु अपहेलित भएपछि पार्टीबाट निकाल्ने षड्यन्त्र भएपछि आफुले पार्टी छाडेको उहाँको भनाइ छ । यसैबीच राप्रपा नेपाल मकवानपुरको अध्यक्ष गुरुप्रसाद सापकोटासहित नयाँ समूहलाई स्वागत तथ सम्मानको कार्यक्रम पनि गरिएको थियो ।