Home खेलकुद सिन्धुलीलाई स्तब्ध पार्दै मकवानपुर सेमिफाइनल प्रवेश

सिन्धुलीलाई स्तब्ध पार्दै मकवानपुर सेमिफाइनल प्रवेश

हेटौंडाः प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत आज भएको फुटबल प्रतियोगितामा सिन्धुलीलाई स्तब्ध पार्दै मकवानपुर सेनिफाइनलमा प्रवेश गरेको छ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको दोस्रो खेलमा सिन्धुलीलाई ३–० गोल अन्तरले हराउँदै मकवानपुर सेमिफाइनल प्रवेश गरेको हो ।

मकवानपुरलाई जित दिलाउन ललित चौलागाईं, सुनिल घलान र समिराज थोकरले समान एक–एक गोल गरे । खेलको म्यान अफ द म्याच मकवानपुरका सुनिल घलान घोषित भए । मकवानपुरले अब शुक्रवार सेमिफाइनल खेलमा भक्तपुरसङ्ग खेल्नेछ । मकवानपुरको यो दोस्रो जित हो । मकवानपुरले यस अघि नुवाकोटलाई हराएको थियो । हारसङ्गै सिन्धुली प्रतियोगिताबाट बाहिरिएको छ ।

Exit mobile version