Home मुख्य समाचार सामुदायिक रेडियो प्रसारक संघको साधारणसभा

सामुदायिक रेडियो प्रसारक संघको साधारणसभा


सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) बागमती प्रदेशको चौथो वार्षिक साधारणसभा आज काठमाडौंमा भएको छ। अकोराब बागमती प्रदेश समितिका अध्यक्ष बलराम श्रेष्ठको अध्यक्षता तथा बागमती प्रदेश सरकारको प्रेस रजिष्ट्रार रेवती सापकोटाको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको छ ।
कार्यक्रममा बागमती प्रदेशको प्रेस रजिष्ट्रार रेवती सापकोटाले प्रेस सम्बन्धी कानुन पुनर्लेखन गर्नुपर्ने बताउनु भएको छ। सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) बागमती प्रदेश समितिको चौथो वार्षिक साधारणसभालाई सम्बोधन गर्नुहुँदै सापकोटाले संघीय ३० बर्ष अघिको कानुन पुनर्लेखन गरी संघीय कानुनबमोजिम नै प्रदेशको कानुन निर्माण गर्नुपर्ने बताउनुभयो । प्रदेश प्रेस रजिष्ट्रारको कार्यालयले प्राबिधिक जनशक्तिसहित रेडियोको अनुगमन गरेर प्राबिधिक समस्या समाधान गर्ने उहाँले जानकारी दिनुभयो। उहाँले आफु सन्चार माध्यम र सन्चारकर्मीको सहयोगका लागि रजिष्ट्रारको जिम्मेवारी निर्वाह गरिरहेको दावी गर्नुभयो। साना लगानीका मिडियाका लागि सहुलियत कर्जाको व्यवस्था गर्न प्रदेश सरकारलाई प्रस्ताव समेत गरिएको सापकोटाले जानकारी दिनुभयो । प्रदेश सरकारले तयार पारेको कानुन यत्तिकै पारित भयो भने संवैधानिक अधिकार समेत हनन् हुनेगरी सन्चार माध्यम बन्द हुने भन्दै सापकोटाले चिन्ता व्यक्त गर्नुभएको छ।

साधारण सभाको उद्घाटन कार्यक्रममा अकोराबको राष्ट्रिय अध्यक्ष अर्जुन गिरीको पनि आतिथ्य रहेको थियो । उद्घाटन कार्यक्रममा प्रदेशभरका सामुदायिक रेडियोका सन्चालकको उपस्थिति रहेको थियो। साधारण सभामा सहभागीले सामुदायिक रेडियोका समस्या र सरकारले ध्यान दिनु पर्ने पक्षका विषयमा बोलेका थिए।

Exit mobile version