Home मुख्य समाचार प्रदेश कृषिगणना कार्यालयको स्थापना

प्रदेश कृषिगणना कार्यालयको स्थापना

प्रदेश कृषिगणना कार्यालय भवन ।

हेटैैंडाः नेपाल सरकार राष्ट्रिय कृषिगणना–२०७८ का लागी केन्द्रीय तथ्यांक विभागले प्रदेश कृषिगणना कार्यालयको स्थापना गरेको छ । हेटौेंडा–११ स्थित थानाभर्याङमा आज मंगलबार कार्यालय स्थापना गरिएको हो ।

कार्यालयले कृषि संरचना, कृषि गतिविधि तथा कृषि उत्पादन सम्बन्धी विवरण संकलन गरिने प्रदेश कृषिगणना अधिकृत राजेश दाशले जानकारी दिनुभयो । ७ औँ राष्ट्रिय कृषिगणना २०७८ को तथ्याङ संकलन आगामी बैशाख ६ देखि जेठ १९ सम्म सञ्चालन हुने दासले बताउनु भयो । कृषिगणनामा सुचिकरण, मुख्य प्रश्नवली र सामुदायीक प्रश्नावली गरि गणना गरिने छ । राष्ट्रिय कृषिगणना देशभर सञ्चालन हुने एक बृहत् एवं महत्वपूर्ण कार्य भएकाले यस कृषिगणना २०७८ मा ६ हजार जना गणक, १ हजार ५ सय जना सुपरिवेक्षक, ७ जना प्रदेश कृषिगणना अधिकृत, ७० जना जिल्ला कृषिगणना अधिकृत, ७७ जना सहायक कृषिगणना अधिकृत एवं अन्य कर्मचारीहरुसमेत गरी करिव ८ हजार जना कार्मचारीहरु प्रत्यक्ष रुपमा संलग्न उहाँले बताउनुभयो । मकवानपुरमा १ सय ८५ कृषिगणक क्षेत्रमा ९८ जना सुपरिवेक्षकहरु रहने उहाँले बताउनुभयो ।

Exit mobile version