हेटौैंडाः हेटौंडामा भएको ब्याटमिन्टन प्रतियोगितामा पुरुषतर्फ चितवन प्रथम भएको छ । आज मंगलबार भएको फाइनल खेलमा ललितपुरलाई ३–१ अंकले हराउदैं चितवन प्रथम भएको हो ।

यस्तै दोस्रो स्थानमा ललितपुर, तेस्रो स्थानमा धादिङ र सिन्धुली रहेको खेल संयोजक दीपक थापाले बताउनुभयो ।

महिला तर्फभने धादिङ प्रथम भएको छ । फाइनल खेलमा सिन्धुपाल्चोकलाई ३–२ अंकले पराजित गर्दै प्रथम भएको हो । त्यस्तै, दोस्रो स्थान सिन्धुपाल्चोक, तेस्रो स्थान ललितपुर र नुवाकोट भएको ब्याटमिन्टन अफिसियल राम विनय श्रेष्टले बताउनुभयो । ब्याटमिन्टन टिम इभेन्टको आधारमा खेलाइएको थियो ।

प्रदेश युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाल, मन्त्रालयका सचिव, परिषद्का सदस्य सचिव लगायतले मेडल, प्रमाण र नगद सहित पुरस्कृत गरिएको थियो । प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः तीस हजार, चौविस हजार र अठार हजार प्राप्त गरेका छन् ।