हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिकाका विभिन्न स्थान र बकैया गाउँपालिकामा ३९ बिगाह अफिम खेती प्रहरीले नष्ट गरेको छ । सोमबार एकैदिन प्रहरीले ठूलो परिमाणमा लागुऔषध अफिमको खेती नष्ट गरेको हो ।
प्रहरी प्रधान कार्यालय लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर, बागमती प्रदेश प्रहरी गण रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुर मातहत कार्यालयबाट संयुक्त रुपमा प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठको कमाण्डमा खटिएको ६३ जनाको प्रहरी टोलीले अफिम खेती नष्ट गरेको हो । सोमबार राक्सिराङ गाउँपालिका वडा नम्बर ४ को मान्छामुन्टी, जैसिङटार, मानछाप, छापडाँडा, ५ नम्बर वडाको बमकिङ, लाफरलगायतको क्षेत्रमा २८ बिगाहमा लगाएको अफिम खेती फँडानी गरी नष्ट गरिएको प्रहरीले जनाएको छ ।
यस्तै मकवानपुरको बागमती गाउँपालिकाको फापरबारीस्थित ईलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक कमल कुमार लुङगेलीको कमाण्डमा खटिएको १२ जनाको प्रहरी टोलीले शुक्रबार र आइतबार मकवानपुरको बकैया गाउँपालिका ६ नम्बर वडाको ज्यामिरे, मोरङगेढाप लगायतको क्षेत्रमा ११ बिगाह अबैध लागुऔषध अफिम खेती फँडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
