हेटौंडाः सडक बालबालिकाको व्यवस्थापनमा सक्रिय मामाघर नेपाल मकवानपुरको हेटौंडा–११ मा रहेको भवनमा प्राथमिक उपचार कक्ष निर्माण भएको छ ।
काठमाडौंका हिराकाजी महर्जन र उहाँको परिवारले स्वास्थ्य बेड, टेबल, कार्पेट, प्राथमिक उपचार बाकस ९केही औषधि सहित०, पेन्टिङ आदि सहयोग स्वरुप उपलब्ध गराउनु भएको छ । मामाघर नेपालको एउटा कोठामा निर्माण गरिएको यो कक्ष प्राथमिक उपचारका साथै स्वास्थ्य विशेषज्ञको सहयोगमा नियमित स्वास्थ्य जाँचको लागि समेत प्रयोग गरिनेछ । मामाघरमा संरक्षीत बालबालिका र वरिपरिका समुदायका बालबालिकाहरुले समेत सेवा पाउने गरी यसको प्रयोग गर्ने हाम्रो लक्ष्य रहेको मामाघर नेपालले जनाएको छ ।
