प्याब्सन बागमती प्रदेश समितिको अध्यक्ष निर्वाचित केशवलाल श्रेष्ठ ।

हेटौंडाः निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मकवानपुरले प्याब्सन बागमती प्रदेश समितिका नवनिर्वाचित अध्यक्ष केशवलाल श्रेष्ठ र लेखा समिति संयोजक एवम् सचिवालय सदस्य दिनेश फुयाँललाई सम्मान गरेको छ । आइतबार हेटौंडामा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मकवानपुरका अध्यक्ष विनोद सुवेदीको सभाध्यक्षमा कार्यक्रम भएको हो । कार्यक्रममा प्याब्सन प्रदेश समिति अध्यक्ष श्रेष्ठले शैक्षिक संस्थाको हकहितका लागि समन्वयात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो । आफू वैधानिक रुपमा निर्वाचित भएको भन्नुहुँदै श्रेष्ठले प्रदेशमा रहेका समस्या र कमीकमजोरी अन्त्य गर्दै सबैको साथ, सहयोग र सुझावले शैक्षिक उन्नयनमा अघि बढ्ने बताउनुभयो ।

कार्यक्रममा प्याब्सन केन्द्रीय समितिका सल्लाहकार आशिष श्रेष्ठ, केन्द्रीय समिति सहकोषाध्यक्ष ग्रेस श्रेष्ठ, केन्द्रीय सदस्य मदन दाहाल, हेटौंडा उपमहानगर अध्यक्ष रामकुमार श्रेष्ठलगायत जिल्ला तथा नगर समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।