हेटौंडाः प्रगतिशील लेखक संघ मकवानपुर तथा पारिजात स्मृति केन्द्र, काठमाडौंको आयोजनामा प्रगतिशील साहितयको वर्तमान अवस्था विषयक अन्तरक्रिया तथा कविता वाचन कार्यक्रम भएको छ । विभिन्न प्रतिकूल अवस्थाका कारण गर्न नसकिएको कार्यक्रम शनिबार अधिवेशनको पूर्वसन्ध्यामा भएको हो ।

अन्तरक्रियामा प्रगतिशील साहित्यको पृष्ठभूमि, सैद्धान्तिक आधार, उपलब्धी र समस्याका बारेमा केशव सिलवालले कार्यपत्र प्रस्तुत गर्नभएको थियो । कार्यपत्रमाथि साहित्यकार पुरुषोत्तम आचार्य र सुवास खनालले टिप्पणी गर्नुभएको थियो । आचार्यले माधव घिमिरेको निधनका विषयमा दुईपटक प्रेस विज्ञप्ति जारी गर्नु र केपी शर्मा ओलीले संसद विघटन गर्दा कुनै पनि आधिकारिक धारणा प्रगतिशीलले नराखेको बताउनुभयो । यसले नै प्रगतिशील साहित्य कुन अवस्था र कस्तो अवस्थामा रहेको प्रष्ट हुने उहा“को भनाइ थियो । साहित्यकार सुवास खनालले प्रगतिवादी लेखक लेखनमा चिन्तित हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

संघका सहसचिव चिरञ्जीवी लामिछानेले स्वागत मन्तव्य राख्नुभएको थियो । प्रगतिशील लेखक संघ मकवानपुर अध्यक्ष शान्तिप्रिय बन्दनाको सभाध्यक्ष तथा पारिजात स्मृति केन्द्र नेपालका अध्यक्ष मातृका पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा आरसी रिजाल, निमेष निखिललगायत साहित्यकारहरुको उपस्थिति थियो ।