Home मुख्य समाचार मानवअधिकार रक्षक सम्बन्धी प्रदेशस्तरीय सम्मेलन सुरु

मानवअधिकार रक्षक सम्बन्धी प्रदेशस्तरीय सम्मेलन सुरु

हेटौंडाः राष्ट्रिय मानव अधिकार आयोगले देशका सातै प्रदेशमा मानव अधिकार रक्षक सम्बन्धी प्रदेशस्तरीय सम्मेलन आज एकसाथ आयोजना गरेको छ । शुक्रबार हेटौंडामा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सम्मेलनको उद्घाटन गर्नुभएको छ । सभापति पदमा रहँदा करागारमा जीवन बिताउनुभएका मुख्यमन्त्री पाण्डेले मानवअधिकार उल्लाङ्घन आफूले पनि महशुस गरेको बताउनुभयो । यसैगरी घरघरमै मानव अधिकार उल्लाङ्घनका घटना हुने गरेको बताउनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयका प्रमुख यज्ञ अधिकारीले मानव अधिकार रक्षकहरुको अवस्थाको बारेमा छलफल, अध्ययन र विश्लेषण गर्न सम्मेलन आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले मानव अधिकारको अवस्थाको अनुगमन, सूचना तथा जानकारी साझा गर्ने, मानव अधिकारको अवस्थाको समिक्षा र अधिकारको अवस्थामा सुधार गर्न सम्मेलन गरिएको स्पष्ट पार्नुभयो । राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिलि थापाले मानव अधिकार रक्षकहरुको सुरक्षा, संरक्षण तथा उनीहरुको भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोगले सम्मलेन गरिएको बताउनुभयो । मानवअधिकार संरक्षणको क्षेत्रमा क्रियाशील ३० भन्दा बढी संघ, संस्थाका प्रतिनिधिको सहभागिता रहेको छ ।

Exit mobile version