हेटौंडाः मकवानपुरमा पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरस संक्रमण शून्य रहेको छ । २४ घण्टाको अवधिमा पिसीआर विधिबाट ७ जनाको र ६ जनाको एन्टिजेन विधिबाट स्वाब परीक्षण गर्दा कसैमा पनि कोरोना संक्रमण नपाइएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । पछिल्लो २४ घण्टाको अवधिमा ४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य कार्यालयले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार अहिले मकवानपुर जिल्लामा हाल सक्रिय संक्रमित १८ जना रहेका छन् । सबै सक्रिय संक्रमित घरमै होम आइसोलेसनमा उपचाररत छन् । केहीदिन यता कोरोना संक्रमण हुनेको संख्या घटेको छ । यस्तै बिहीबार सार्वजनिक बिदाका कारण हेटौंडा–१० स्थित गोरक्षेश्वर स्वाब संकलन केन्द्रमा स्वाब संकलनको कार्य नभएको बताइएको छ ।