वागमती प्रदेश सभा सचिवालय ।

हेटौंडाः बागमती प्रदेश सभाको बैठक फागुन २९ गतेका लागि आव्हान गरिएको छ । प्रदेश सभा सचिवालयले आज एक सूचना जारी गरी फागुन २९ गते दिनको १ बजेका लागि बैठक आव्हान गरिएको जनाएको छ ।

यसअघि फागुन १६ गतेका लागि तय गरिएको प्रदेश सभा बैठक फागुन १४ गते अर्को सूचना नभएसम्मका लागि भनी स्थागित गरिएको थियो । गत पुस ८ गते स्थगित भएको बैठक झण्डै तीन महिनापछि बस्न थालेको हो ।