छनौट खेल खेल्दै खेलाडीहरु ।

हेटौंडाः प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगितामा सहभागिताका लागि मकवानपुर जिल्लामा खेलाडी छनौटको क्रम जारी छ । सोमबार र मंगलबार भएको भलिबलको छनौट खेलबाट खेलाडी छनौट गरिएको छ ।

जिल्ला भलिबल संघका अध्यक्ष विन्द्रलाल श्रेष्ठका अनुसार प्रदेश प्रतियोगिताका लागि मकवानपुरबाट भलिबलको महिला र पुरुष दुुबै टिमका खेलाडी छनौट भएका छन् । महिलातर्फ १० जना खेलाडी छनौट भएका छन् । छनौट भएका महिला भलिबल खेडालीमा हेटौंडा उपमहानगरपालिकाका सञ्चमाया थिङ, झरना मोक्तान र आयुसा सिंह छन् । थाहा नरपालिकाबाट रमिला गोले, रोजिना स्याङ्तान र किशोरी घलान छनौट भएका छन् भने मकवानपुरगढी गाउँपालिकाबाट विस्मता पुडासैनी, सुस्मिता योञ्जन र अनिशा चौरेल छनौट भएका छन् । यस्तै, बकैया गाउँपालिकाबाट शिशम माझी छनौट भएका छन् । महिला भलिबल टिमको वैकल्पिक खेलाडीमा बकैयाकी कुसुम बोम्जन र हेटौंडाकी सरिता तितुङ रहेका छन् ।

भलिबलको पुरुष टिमका लागि पनि १० जना खेलाडी छनौट भएका छन् । छनौट हुनेमा थाहा नगरपालिकाबाट रमेश थिङ, राम कार्की, उपास बिष्ट, ओकेश बलामी, सञ्जय थिङ र अनिल बल छन् । हेटौंडा उपमहानगरपालिकाबाट यनोस राई र बुद्धि ढंगाल छनौट हुँदा मकवानपुरगढी गाउँपालिकाबाट आशीष घलान र रुपेन्द्र दोङ छनौट भएका छन् । पुरुष भलिबलको वैकल्पिक खेलाडीमा थाहा नगरपालिकाबाट विशाल मोक्तान र विशाल गोपाली छनौट भएको भलिबलका निर्णायक विनोद श्रेष्ठले जानकारी दिनुुभयो ।