Home मुख्य समाचार प्रधानमन्त्री मोदी र ओलीद्धरा पेट्रोलियम पाइपलाइनको संयुक्त उद्घाटन

प्रधानमन्त्री मोदी र ओलीद्धरा पेट्रोलियम पाइपलाइनको संयुक्त उद्घाटन

काठमाडौं, भदै २४ । नेपाल तथा भारतका प्रधानमन्त्रीले भोली आ ( आफ्नो देशबाट बटन थिचेर नेपाल–भारत पेट्रोलियम पाइपलाइन उद्घाटन गर्दैछन् । यसका लागि दुवै देशमा सबै तयारी पूरा भएको छ । मंगलबार दिउँसो १२ बजे नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आ–आफ्नो देशबाट ‘स्वीच’ थिचेर पाइपलाइन उद्घाटन गर्नेछन्। भारतको मोतिहारीबाट नेपालको बाराको अमलेखगन्जसम्म बिछ्याइएको पाइपलाइन शुरुमा भारतीय प्रधानमन्त्री मोदीले हैदरावादबाट भिडियो कन्फ्रेन्समार्फत स्वीच थिचेपछि बरौनीमा तेलको पाइप ‘अन’ हुने र सिंहदरबारबाट प्रधानमन्त्री ओलीले रिसिभ स्वीच थिचेर भारतबाट पठाइएको तेल स्वीकार गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । करीब चार अर्ब ४० करोड लागतमा निर्माण भएको बताइएको छ । नेपाल आयल निगमका अनुसार पाइपलाइनबाट प्रतिघन्टा २ लाख लिटर डिजेल आयात गर्न सकिने छ ।

Exit mobile version