हेटौंडाः हेटौंडा–१७, ठुलोदमारमा मोटरसाइकल दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । शनिबार साँझ ५ बजेको समयमा धरान–चतारा सडकखण्डअन्तर्गत हेटौंडा–१७, ठुलोदमारबाट हटियातर्फ आउँदै गरेको ना १८ प १०५६ नम्बरको मोटरसाइकल र हटियाबाट ठुलोदमार जाँदै गरेको बागमती प्रदेश ०२–०१९ प ७०८६ नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा तीन जना घाइते भएको हुन् ।

घाइते हुनेमा ना १८ प १०५६ नम्बरको मोटसाइकल चालक हेटौडा–५ का ५० वर्षीय चतुरे लामा रहेका छन् । लामाको दाहिने हातमा चोट लागेको छ भने खुट्टा भाचिँएको छ । लाको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । लामाको स्वास्थ्य अवस्था मध्यम रहेको जनाइएको छ ।

यस्तै बागमती प्रदेश ०२–०१९ प ७०८६ नम्बरको मोटरसाइकल चालक बकैया–७ का २८ वर्षीय प्रदिप स्याङ्तान र मोटरसाइकलमा सवार ३२ वर्षीय जीत बहादुर मुक्तान घाइते भएका छन् । उनीहरु सामान्य घाइते भएका र अहिले चुरेहिल अस्पताल उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।