Home अर्थ/व्यापार जाउँ है पोखरा अभियान टोली हेटौंडामा

जाउँ है पोखरा अभियान टोली हेटौंडामा

हेटौंडाः आन्तरिक पर्यटन पुनःउत्थान तथा प्रवद्र्धनमा जाउँ है पोखरा अभियान अन्तर्गत होटल संघ पोखराले मंगलबार हेटौंडामा छलफल तथा अन्तरक्रिया गरेको छ । होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीको अध्यक्षता तथा होटल संघ मकवानपुरका अध्यक्ष शंकरलाल श्रेष्ठको प्रमुख आतिथ्यमा अन्तरक्रिया भएकोे हो ।

कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष सुवेदीले जाउँ है पोखरा अभियान पश्चात पोखराले आन्तरिक पर्यटनमा ३ प्रतिशतबाट ४० प्रतिशत आन्तरिक पर्यटक संख्या बढेको बताउनुभयो । उहाँले आन्तरिक पर्यटन पनि दिगो पर्यटन हो भनेर अभियान सुरु गरेको बताउनुभयो । कोरोनाका कारण पर्यटन क्षेत्रमा परेको असरपछि होटल व्यवसायीहरु पनि मारमा परेको उहाँले स्मरण गर्नुुभयो । अहिले होटल क्षेत्र पुरानै लयमा फर्किन लागेको उहाँको भनाई छ ।

होटल संघ पोखराले दुई दशक अगाडि सुरु गरेको जाउँ है पोखरा अभियानमा होटल क्षेत्रमा नाकाबन्दी, भूकम्प र कोरोनाका कारण परेको प्रभावलाई पुनः पुरानै लयमा ल्याउने उद्देश्यले देशका विभिन्न शहरहरुमा अभियान चलाइरहेको बताइएको छ । हेटौंडा पनि आन्तरिक पर्यटकीय स्थल भएको बताउनुहुँदै होटल संघ मकवानपुरका अध्यक्ष शंकरलाल श्रेष्ठले जाउँ है पोखरा अभियान जस्तै हेटौंडा पनि हुनुपर्नेमा जोड दिनुभयो ।

Exit mobile version