फाइल तस्बिर ।

हेटौंडाः हेटौंडा–१० स्थित गोरक्षेश्वर स्वाब संकलन केन्द्रमा सोमबार बिहान १२ जनाको स्वाब संकलन गरिएको छ । कोभिड–१९ परीक्षणका लागि ५ जना महिला र ७ जना पुरुषले स्वाब संकलन गराएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभयो ।

जनस्वास्थ्य निरीक्षक चौलागाईका अनुसार स्वाब दिन आउने अधिकांश स्वास्थ्य उपचारका लागि अस्पतालमा आवश्यक भएर वा वैदेशिक रोजगारी, वैदेशिक अध्ययनका लागि जान चाहनेहरु छन् । अन्य स्वास्थ्य समस्याको उपचारका लागि तथा बैदेशिक यात्राका लागि कोभिड–१९ संक्रमण नभएको मेडिकल रिपोर्ट चाहिने भएकोले परीक्षण गराउन आउने गरेका छन् ।