Home मुख्य समाचार नेपाल र चीन बीच उच्चस्तरीय वार्ता सुरु

नेपाल र चीन बीच उच्चस्तरीय वार्ता सुरु

काठमाडौ , भादो २३ । नेपाल र चीन बीच उच्चस्तरीय वार्ता सुरु भएको छ । वार्ता होटल याक एण्ड यतीमा भइरहेको छ ।वार्तामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, सचिव वैरागी, अर्थ सचिव राजन खनाल, परराष्ट्र मन्त्रालयका सहसचिव कालीप्रसाद पोखरेललगायत वरिष्ठ अधिकारी सहभागी छन् । चीनका तर्फबाट विदेशमन्त्री वाङ यी नेतृत्वको टोलीमा विदेश सचिव लु झाउबी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, चिनियाँ अन्तर्राष्ट्रिय विकास सहायता नियोग ९सीआईसीडीए० का उपाध्यक्ष, विदेशमन्त्रालयको एशिया विभागका अधिकारीलगायत वरिष्ठ चिनियाँ अधिकारी वार्तामा सहभागी छन् ।

Exit mobile version