हेटौंडाः हेटौंडा–४, अजरअमररोडमा जल्पादेवी फर्निचर सञ्चालनमा आएको छ । शुक्रबार मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण गुप्ता अग्रवालले फर्निचर उद्योगको उद्घाटन गर्नुभएको छ ।
काठमाडौंमा रहेको जल्पादेवी फर्निचर उद्योगको शाखाका रुपमा गृहनगर हेटौंडामा सञ्चालन गरिएको सञ्चालक प्रमोद बानियाँले बताउनुभयो । आफ्नै उद्योग रहेका कारण ३५ लाख रुपैयाँको लागतमा हेटौंडामा शाखा सञ्चालन गरिएको बानियाँले बताउनुभयो । नेपालमै उत्पादन गरिएका सोफाका सेटहरु, कुर्सी, टेबल, वाल क्यान्भास जस्ता फर्निचरका सामग्री विक्रीका लागि राखिएको बानियाँले जानकारी दिनुभयो ।