Home शिक्षा १२ जना विद्यार्थीलाई छात्रवृत्ति

१२ जना विद्यार्थीलाई छात्रवृत्ति

सिटिईभिटीतर्फ अध्ययरत एक विद्यार्थीलाई छात्रवृत्ति हस्तान्तरण गर्नुहुँदै ।

हेटौंडाः हेटौंडा–१९, बस्तिपुरस्थित निर्मल माविले सिटिईभिटीतर्फ अध्ययरत १२ जना विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरेको छ ।

हेटौंडा उपमहानगरपालिका १९ नम्बर वडा कार्यालयबाट प्राप्त २ लाख रुपैयाँले छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरिएको निर्मल माविका प्रधानाध्यापक प्रवोध बिडारीले जानकारी दिनुभयो । ३ जना छात्रा र ९ जना छात्रलाई छात्रवृत्ति वितरण गरिएको हो । १ जनालाई १६ हजार रुपैयाँका दरले छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरिएको प्रधानाध्यापक बिडारी बताउनुभयो ।

Exit mobile version