फाइल तस्बिर

हेटौंडाः मकवानपुरको थाहा नगरपालिकाको सिमभञ्याङ र दामन क्षेत्रमा भारी हिमपात हुँदा त्रिभुवन राजपथ अवरुद्ध भएको छ । गएराति वर्षासंगै हिमपात हुँदा त्रिभुवन राजपथ पुर्ण रुपमा अवरोद्ध भएको हो ।

सिमभञ्याङदेखि दामनसम्म करिब ५ किलो मिटर क्षेत्रमा हिमपात भएसँगै राजपथ पुृर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो । अहिले पानी परिरहेकोले पानी पर्न रोकेपछि हिमपात हटाउन तयारी थाल्ने उहाँले बताउनुभयो ।